TagaroNews
हेलिकोप्टर दुर्घटना अपडेट: घाइतेको मेडिसिटीमा उपचार सुरु

काठमाडौँ – संखुवासभामा सिम्रिक एयरको हेलिकोप्टर दुर्घटनामा घाइते भएकाहरूलाई काठमाडौँ ल्याएर उपचार सुरु गरिएको छ । हेलिकोप्टर चालक सुरेन्द्र पौडेल र छिरिङ भोटेलाई हेलिकोप्टरबाट सिधै ललितपुरको मेडिसिटी अस्पताल लगिएको हो । 

उक्त दुर्घटनामा परेका भविन गुरुङको भने मृत्यु भएको छ । यसैगरी अर्का एक जनाको खाँदवारी अस्पतालमा उपचार भइरहेको छ । सिम्रिक एयरको हेलिकोप्टर शुक्रवार दिउँसो भोटेखोला गाउँपालिकामा दुर्घटना भएको हो ।
 

प्रकाशित मिति: शुक्रबार, वैशाख २२, २०८०  १८:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update