TagaroNews
संखुवासभामा  सिम्रिक एयरको हेलिकप्टर दुर्घटना

संखुवासभा- संखुवासभाको भोटखोला–४ मा सिम्रिक एयरको हेलिकप्टर दुर्घटना भएको छ ।हटिया गोलाको छोङग्राङबाट माथिल्लो अरुण जलविद्युत् आयोजनाको सामग्री बोकेर उडेको हेलिकप्टर सिप्ररुङको हम्मरेडाँडामा रुखमा ठोक्किएर दुर्घटना भएको हो ।

हेलिकप्टरले माटो,ढुंगा तथा कंक्रिटलगायतका सामान लिएर आएको माथिल्लो अरुण आयोजनाका वरिष्ठ सहायक गृष्म भण्डारीले बताए । हेलिकप्टरमा चालकसहित ४ जना रहेका छन् । क्षतिको थप विवरण आइसकेको छैन । उद्धारका लागि काठमाडौंबाट हेलिकप्टर पठाइएको छ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख २२, २०८०  १४:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update