TagaroNews
गण्डकीका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत

पोखरा – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संसदबाट विश्वासको मत पाएका छन् । पाण्डेले मागेको विश्वासको मतको पक्षमा ३५ जनाले मत दिएका छन् भने विपक्षमा २२ मत परेको छ । राप्रपा तटस्थ बसेको छ ।

उनलाई आफ्नै दल कांग्रेसका २७, माओवादीका ७ र मनाङबाट स्वतन्त्र सर्वसम्मत चुनाव जितेर एकीकृत समाजवादी प्रवेश गरेका राजीव गुरुङसहित ३५ सदस्यले विश्वासको मत दिएका थिए ।

नेकपा एमालेका २२ सांसले विपक्षमा मत हालेका छन् । राप्रपाका २ सांसद भने तटस्थ बसेको छ । पाण्डे गत १४ गते मुख्यमन्त्री नियुक्त भएर १५ गते शपथ लिएका थिए ।
 

प्रकाशित मिति: बिहीबार, वैशाख २१, २०८०  १७:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update