TagaroNews
नवनियुक्त तीन मन्त्रीले लिए शपथ

काठमाडौं- नवनियुक्त तीन मन्त्रीले बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले बुधबार नवौं पटक मन्त्रिपरिषद् विस्तार गर्दा मन्त्री बनेका नेपाली कांग्रेसका तीनजना मन्त्रीले आजै पद तथा गोपनीयताको शपथ लिएका छन् । 

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ, स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत र युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूले शपथ लिएका हुन् ।

प्रकाशित मिति: बिहीबार, वैशाख २१, २०८०  १६:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update