TagaroNews
नक्कली भुटानी शरणार्थी प्रकरणः प्रहरीकै स्कर्टिङमा रायमाझी काठमाडौं आउँदै 

काठमाडौं- पूर्वमन्त्री तथा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी पक्राउ परेको खबर केही मिडियादेखि सामाजिक सञ्‍जालसम्म भाइरल छ । भुटानी शरणार्थीको नक्कली परिचयपत्र बनाएर नेपालीलाई अमेरिका पठाउने नाममा ठगेको उनीमाथि आरोप छ ।

बुधबार पक्राउ पुर्जी जारी हुँदा रायमाझी अर्घाखाँचीस्थित महेन्द्र विद्यावोध माध्यमिक विद्यालयको हिरक महोत्सव उद्घाटन कार्यक्रममा थिए । पक्राउ पुर्जी जारी भएको जानकारीसँगै उनले काठमाडौँ आउने प्लेनको टिकट रद्ध गरेका थिए । नक्कली शरणार्थी प्रकरणमा रायमाझी बुधबार राति ९ बजे सभामुख देवराज घिमिरेसँगै काठमाडौँ आउने तयारी भएपनि उनी आएनन् ।

रुपन्देहीका एसपी तथा प्रहरी प्रमुख भीमबहादुर विकका अनुसार रायमाझी पक्राउ परेका छैनन् ।  टोपबहादुरका छोरा सन्दीप रायमाझी बुटवलबाट बुधबार साँझ पक्राउ परेका थिए ।

बुधबार पक्राउ पुर्जी जारी भएपछि बिहीबार बिहान भैरहवा प्रहरीको स्कर्टिङमा काठमाडौं  आउँदै गरेको प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकारीले जानकारी दिए । 'उहाँलाई पक्राउ गरिएको छैन ।

प्रकाशित मिति: बिहीबार, वैशाख २१, २०८०  ११:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update