TagaroNews
सिंहदरबारमा निजामती कर्मचारीको सांकेतिक धर्ना

काठमाडौं- निजामती कर्मचारीहरुले सिंहदरबारमा सांकेतिक धर्ना दिएका छन्। बिहीबार संघीय निजामती कर्मचारी सेवा ऐनको माग गर्दै निजामती कर्मचारीहरुले सिंहदरबारको दक्षिण गेटमा सांकेतिक धर्ना दिएका हुन्।

उनीहरुले संघीय निजामती ऐन जारी नगरे वैशाख २४ गतेबाट आन्दोलन झनै चर्काउने चेतावनी दिएका छन्। उनीहरुले २४ गतेसम्म पनि सरकारले आफूहरुका मागलाई चासो नदिए सिंहदरबारको काम ठप्प बनाउने र देशभर आन्दोलन गर्ने चेतावनी दिए।

धर्ना कार्यक्रममा बोल्दै नेपाल निजामती कर्मचारी संगठनका उपाध्यक्ष प्रभात साहले संघीय निजामती ऐन तत्काल जारी गर्न माग गर्दा सरकारले बेवास्ता गरेकाले बाध्यतावश विरोधमा उत्रिनुपरेको बताए।

उनले संघीय निजामती सेवा ऐन, प्रदेश निजामती सेवा ऐन, स्थानीय निजामती सेवा ऐन जारी गर्न सांकेतिक रुपमा आन्दोलन गरेको बताए।

उनले भने, ‘हामीले संघीय निजामती सेवा ऐन, प्रदेश निजामती सेवा ऐन, स्थानीय निजामती सेवा ऐन जारी गर्न सांकेतिक रुपमा आन्दोलन गरेका हौँ। कर्मचारीहरु प्रवेश नगरी सांकेतिक आन्दोलन गरेका हौँ। यो कुरा सरकारले मानेन भने २४ गते फेरि बैठक बसेर कडा आन्दोलन गर्नेछौँ। आवश्यक परे हामी देशभर आन्दोलनको आह्वान गर्दछौँ। सिंहदरबार नै ठप्प गर्नेगरी हामी आन्दोलन गर्नेछौँ।’

प्रकाशित मिति: बिहीबार, वैशाख २१, २०८०  ११:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update