TagaroNews
नेपाललाई फाइनलमा १ सय १८ रनको लक्ष्य

काठमाडौं- एसीसी मेन्स प्रिमियर कपको फाइनलमा यूएईले नेपाललाई ११८ रनको मध्यम लक्ष्य दिएको छ ।

सोमबार वर्षाले प्रभावित फाइनलको आज भएको बाँकी खेलमा यूएईले ३३ ओभर १ बलमा सबै विकेट गुमाएर ११७ रनको योगफल बनायो ।

कीर्तिपुरस्थित टीयू मैदानमा हिजो स्थगित फाइनल खेल आज २७ ओभर १ बलमा ९ विकेटको क्षतिमा १०६ रनको अवस्थाबाट अगाडि बढेको थियो ।

नेपालका ललित राजवंशीले ४ विकेट लिए । हिजो ३ विकेट लिएका उनले आज यूएईको अन्तिम विकेट लिएका हुन् । यस्तै करण केसी र सन्दीप लामिछानेले २(२ विकेट हात पारेका छन् । सोमपाल कामी र गुल्सन झा १ ( १ विकेटमा छन् । 

एसीसी मेन्स प्रिमियर कपको उपाधि उचाले नेपाल एसिया कपअन्तगर्त भारत र पाकिस्तान रहेको समूह एमा स्थान बनाउने छ । फाइनलमा पुगेका नेपाल र यूएईले एसीसी इमर्जिङ एसिया टिम्स कपमा भने स्थान बनाइसकेका छन् ।
आज पनि कीर्तिपुर मैदानमा नेपाली दर्शकको बिहानैदेखि उल्लेख्य संख्यामा उपस्थिति छ । आजको खेल हेर्न मैदानमा दर्शकलाई निस्शुल्क प्रवेश दिइएको छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख १९, २०८०  ०९:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update