TagaroNews
नेपाल र यूएईको बाँकी खेल भोलि हुने

काठमाडौं- एसीसी प्रिमियर कप अन्तर्गत आज जारी नेपाल र यूएईबीचको फाइनल खेल स्थगित भएको छ । वर्षाका कारण खेल सम्भव नभएपछि भोलिलाई सारिएको हो । आज जुन स्थितिमा खेल रोकिएको थियो, त्यही स्थितिबाट भोलि सुरु हुने भएको छ ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको यूएईले २७।३ ओभरको खल सकिँदा पानी परेपछि खेल रोकिएको थियो । यूएईले २७।३ ओभरमा ९ विकेट गुमाएर १सय ६ रन बनाएको थियो ।

भोलि पानी परेर २० ओभर पनि खेल नहुने स्थिति भए सुपर ओभरमा नतिजा लिइनेछ । पहिलो सुपर ओभर टाई भए, दोस्रो सुपरओभर हुनेछ र, त्यो पनि नभए नेपालले एकदिवसीय वरियतामा माथि रहेको हैसियतले एसिया कपमा स्थान बनाउने छ ।

बाँकी फाइनल खेल मंगलबार बिहान ९ बजे सुरू हुनेछ

प्रकाशित मिति: सोमबार, वैशाख १८, २०८०  १५:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update