TagaroNews
महावीर पुन र सरकारबीच आज पनि वार्ता हुने

काठमाडौं- सरकारका प्रतिनिधि र राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनबीच आज पनि वार्ता हुँदैछ । आइतबार भएको वार्ता मौखिक रुपमा सहमति नजिक पुगेपनि लिखित रुपमा सहमति हुन सकेको छैन । आज दिउँसो साढे ३ बजे सिंहदरबारमा वार्ताका लागि बोलाइएको छ ।

पुनले अनुसन्धान, नवप्रवर्तन र आविष्कारको क्षेत्रमा राज्यले लगानी बढाउनुपर्ने माग गर्दै शुक्रबारबाट अनिश्चितकालीन धर्ना उत्रिएका थिए ।

प्रकाशित मिति: सोमबार, वैशाख १८, २०८०  ०९:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update