
काठमाडौं- कांग्रेस नेता तथा सांसद चन्द्र भण्डारी भारतमा उपचार गराएर आइतबार साँझ नेपाल फर्किएका छन् । करिब दुई महिना भारतको मुम्बईस्थित बर्न सेन्टर अस्पतालमा उपचार गराएर स्वस्थ भई उनी आइतबार स्वदेश फर्किएका हुन् ।
दुई महिनाअघि काठमाडौंको बुद्धनगरस्थित आफ्नौ निवासमा ग्यास लिक भएर आगाली हुँदा उनी जलेका थिए । उनीसँगै जलेकी उनकी आमा हरिकला भण्डारीको भने निधन भएको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग बोल्दै नेता भण्डारीले आमा गुमाएको काठमाडौं आएर मात्र थाहा पाएको बताए ।
भावुक हुँदै उनले भने, ‘आमा गुमाएको भर्खर थाहा पाएँ । हुन त नेपालमा धेरै आमाहरूको यसरी जलेर ज्यान गुमाएका छन् । आगलागीबारे सचेतना जगाउनुपर्छ । पाठ्यापुस्तकमै आगलागीबारे सचेतना गराउन आवश्यक छ ।’
प्रकाशित मिति: आइतबार, वैशाख १७, २०८० २०:१०
प्रतिक्रिया दिनुहोस्