TagaroNews
सरकारले महावीर पुनका माग सम्बोधन गर्ने
महावीर पुन र सरकारबीच सिंहदरबारमा छलफल

काठमाडौं – राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन र सरकारबीच सिंहदरबारमा छलफल भएको छ । छलफलमा पुनका माग सम्बोधन गर्न वार्ता समिति गठन गर्ने समझदारी भएको छ । बैठकपछि पुनले भोलिसम्म माग सम्बोधन गर्न सरकार तयार रहेको जानकारी गराएका छन् ।

पुनले भने,‘आज बेलुकीसम्म वार्ता टोली गठन गर्ने र भोलिसम्ममा माग पूरा गर्ने भन्ने निर्णय भएको छ । छलफल एकदमै सकारात्मक छ ।’ वार्तामा सरकारका तर्फबाट रक्षामन्त्री खड्का र मुख्यसचिव शंकरदास बैरागी सहभागी थिए । 

अनुसन्धान, नवप्रवर्तन र आविष्कारलाई सरकारले ध्यान नदिएको भन्दै पुनले माइतीघरमा दिनरात धर्ना दिइरहेका छन् । अनुसन्धान,नवप्रवर्तन र आविष्कार गर्ने नेपालीका लागि प्रत्येक वर्ष संघीय र प्रदेश सरकारले कम्तिमा १ प्रतिशत रकम छुट्याउनुपर्ने पुनको माग छ ।
 

प्रकाशित मिति: आइतबार, वैशाख १७, २०८०  १६:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update