TagaroNews
राष्ट्रपति पौडेल आज स्वदेश फर्किदै

काठमाडौं – दिल्लीमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेल आज स्वदेश फर्कदै छन् । अस्पतालबाट डिस्चार्ज भएसँगै राष्ट्रपति पौडेल नेपाल एयरलाइन्सको नियमित उडानबाट स्वदेश फर्कने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ । 

राष्ट्रपति पौडेलको उपचारमा संलग्न चिकित्सकहरूले केही हप्ता आराम गर्ने सुझाव दिएका छन् ।

पेटमा समस्यामा देखिएपछि राष्ट्रपति पौडेललाई बैशाख ५ गते महराजगञ्जस्थित त्रिवी शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । त्यहाँ प्रारम्भिक उपचारपछि  बैशाख ६ गते भारतको दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल (एम्स) भर्ना गरिएको थियो ।
 

प्रकाशित मिति: आइतबार, वैशाख १७, २०८०  १५:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update