TagaroNews
मिनेन्द्र रिजालद्धारा बाल अस्पताललाई ५० लाख सहयोग

काठमान्डौँ - नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले दमकस्थित बाल अस्पताललाई ५० लाख रुपैयाँ सहयोग गरेका छन् । हालै सञ्चालनमा आएको किओच दमक बाल अस्पताललाई उनले ५० लाख सहयोग गरेका हुन् । 

आफ्ना मातापिताको स्मृतिमा स्थापना गरेको पुण्यश्री फाउन्डेसनमार्फत उनले शनिबार बाल अस्पतालका परिकल्पनाकार एवं संस्थापकसमेत रहेका काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थका अध्यक्ष डा. भगवान् कोइरालालाई चेक प्रदान गरे ।

कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका रिजालले बाल अस्पताललाई सहयोग पु¥याउन आफूले स्वेच्छिक सहयोग गरेको बताए । उनले समाजका लागि दिने योगदानले भावी सन्ततिको भविष्य उज्यालो बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । 

उनले त्यसअघि अस्पतालको स्थलगत निरीक्षणसमेत गरेका थिए । सो अवसरमा अस्पताल सञ्चालन पक्ष र पुण्यश्री फाउन्डेसनबीच सीमान्तकृत एवं विपन्न समुदायका बालबालिकाको स्वास्थ्योपचार सेवासम्बन्धी सम्झौतामा हस्ताक्षरसमेत भएको छ ।
 

प्रकाशित मिति: शनिबार, वैशाख १६, २०८०  १९:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update