TagaroNews
लमजुङ क्याम्पसः विद्यार्थी झगडाको अखडा

लमजुङ – सुन्दरबजार स्थित लमजुङ क्याम्पस यतिबेला तनावग्रस्त छ । सुन्दरबजार नपा– ७ स्थित कृषि र पशु विज्ञान अध्ययन संस्थान लमजुङ क्याम्पस तनावग्रस्त बन्नुको कारण हो, विद्यार्थी राजनिति । 

यस क्याम्पस विद्यार्थी राजनितिले यति गिजोलिएको छ, कि मानौ, नेता बन्ने ठाउँ नै क्याम्पस हो भन्ने भ्रम छ विद्यार्थीमा । एक अर्को संगठनबिच रिसिबि बढ्दा क्याम्पसमा दैनिकजसो झगडा हुने गरेको छ । यस्को पछिल्लो उदहारण हो । बिहिबार बेलुकाको घट्ना ।

के थियो घट्ना ?
क्याम्पसमा दुई वटा होस्टेल छ । एउटा नयाँ एउटा पुरानो । पुरानो र नयाँ होस्टेलमा गरी १३६ जना विद्यार्थी बस्छन् । बिहिबार नेविसंघका केहि विद्यार्थीहरु होस्टेल बाहिर निस्के । रातीको पौने ११ बजे ती विद्यार्थी होहल्लाह गर्दै होस्टेल तर्फ प्रवेश गर्दै थिए । हल्लाखल्ला बढेपछि गार्डले होस्टेल वार्डेन नरेन्द्र बहादुर सिंहलाई फोन गरे । हल्लाखल्ला गरेका विद्यार्थीहरुले नयाँ होस्टेलको झ्यालमा हान्ने, कराउने गर्न थाले । हल्लाखल्ला पछि केहि अनेरास्ववियुका विद्यार्थीहरु पनि बाहिर निस्के । दुबै पक्षलाई सम्झाएर सिंहले त्यो रात विद्यार्थीहरुलाई शान्त पारे । 

भोलिपल्ट दिउँसो परिक्षा थियो । दोस्रो र चौँथो सेमिस्टारको । ११ बजेबाट सबै परिक्षातर्फ लागे ।  २ बजे अर्को परिक्षा थियो । केहिबेरमा होस्टेलमा ढुङ्गामुडा नै चल्यो । झगडा पर्न थाल्यो । होस्टेल वार्डेन सिंहले भने, ‘कोहि कोठाबाट कराउन थाले, कोहि झ्यालबाट ।’ तत्काल त्यहाँ पुगेका वार्डेन सिंह अक्क न बक्क परे । उनी पुग्दा नेविसंघका एक जना छात्रलाई नेविसंघका अन्य छात्राहरुले घेरिरहेका थिए । अनेरास्ववियुका टोलीले त्यो छात्रलाई पिट्न ती छात्राहरुको समूहलाई समेत हातपात गर्न पुगे । झगडामा नेविसंघका ८ जना घाईते भएका छन् । ५ जना छात्रा र ३ जना छात्र । घाईते मध्ये १ जना छात्रलाई चितवन रिफर गरिएको छ भने, अन्य कर्मदा अस्पतालमा उपचार पश्चात होस्टेल फर्किएका छन् । छात्राहरुमा कसैको टाउको, कसैको खुट्टा त कसैको हातमा चोट छ । 

'यो घट्नालाई लिएर हामीले प्रहरीमा उजुरी हाल्न पुग्यौँ, नेविसंघका एक नेताले भने, तर प्रहरीले हाम्रो उजुरी नै लिएन । शनिबार भएकाले होकी, हामी आइतबार पनि प्रहरीमा उजुरी हाल्छौँ ।'

होस्टेलको कारण झगडा बढेको भन्दै क्याम्पस प्रशासनले शनिबार एकबिहानै सुचना निकालेर विद्यार्थीहरुलाई ९ बजेभित्र होस्टेल खाली गर्न निर्देशन गरेको थियो । तर, यो समाचार तयार पार्दासम्म कसैले होस्टेल छोडेका छैनन् । 

क्याम्पस प्रशासन र विद्यार्थीहरुबिच पटक–पटक सहमतीको प्रयास गर्दा समेत सहमती नमिलेकाले आइतबार जिल्ला प्रशासन कार्यालयमा सर्वदलिय बैठक बोलाइएको क्याम्पस प्रमुख नारायण न्यौपानेले जानकारी दिए ।

किन हुन्छ बारम्बार झगडा ?
यस क्याम्पसमा झगडाको मुख्य कारण बनेको छ । पार्टीको भातृ संगठनको राजनिति र आफनो संगठनमा विद्यार्थी बढाउनु । एउटा कुनै नयाँ विद्यार्थी क्याम्पसमा भर्ना हुने बित्तिकै आफनो संगठनमा तान्ने होडबाजी चल्ने गरेको छ । त्यतिमात्र होइन विद्यार्थी-विद्यार्थी हुने व्यत्तिगत रिसिबिलाई पनि राजनितिकरण गराउँदा झगडा झन मौलाउँदै गएको छ । 

क्याम्पसका एक प्राध्यापकले भने, ‘विद्यार्थीहरुलाई राजनितिमा उक्साउने पार्टीका बाहिरका नेताहरु हुन् । जस्ले झगडा क्याम्पसमा पर्छ । तर, परेको बेला कोहि आउँदैनन् । जस्ले विद्यार्थीमा द्धन्द्धमात्र सृजना गरेको छ । यस्ले केहिलाई त फाइदा पुग्ला धेरैलाई त असर त होनी ।’

क्याम्पस प्रमुख नारायण न्यौपानले भने, ‘म आएको ४ बर्षजति भयो । ५ भन्दा बढी त ठूलै झगडा भयो, साना झगडाको त हिसाबै छैन क्याम्पसमा । विद्यार्थीहरु अहिले नै मिलेजस्तो गर्छन अहिले झगडा हुन्छ । कारण केहि होइन, व्यत्तिगत रिसिबि नै हो । त्यसमा पनि राजनितिकरण गर्छन् ।’

आफनो उज्जवल भविष्य बनाउने सोचले देशभरका विभिन्न जिल्लाबाट नाम निकालेर यस क्याम्पसमा विद्यार्थीहरु अध्ययन गर्दै आएका छन् । तर, यसरी बारम्बार क्याम्पस राजनितिक अखडा बन्दा उनीहरुकै भविष्यमा समस्या पर्ने होकि भन्ने धेरै अभिभावकहरुको चिन्ताको विषय बनेको छ । 

शुक्रबारको घट्नालाई लिएर विद्यार्थीहरुबिच सहमती नजुटेपछि क्याम्पसभित्र धेरै संख्यामा जनपथ प्रहरी र शसस्त्र प्रहरीबल खटाइएको छ । 

 

प्रकाशित मिति: शनिबार, वैशाख १६, २०८०  १७:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update