TagaroNews
लमजुङ क्याम्पसमा लफडाः पत्रकारलाई प्रवेश निषेध

लमजुङ - सुन्दरबजार स्थित लमजुङ क्याम्पसमा दुई विद्यार्थी संगठनबिचको झगडालाई लिएर क्याम्पस तनावग्रस्त भएको छ । सुन्दरबजार नपा– ७ स्थित कृषि र पशु विज्ञान अध्ययन संस्थान लमजुङ क्याम्पसमा शुक्रबार दिउँसो अनेराश्वियु र नेविसंघका विद्यार्थीहरुबिच भएको झगडालाई लिएर क्याम्पस तनावग्रस्त भएको हो । झगडामा धेरै विद्यार्थीहरु घाइते भएको पनि बुझिएको छ । 

घट्नाको यथार्थबारे बुझ्न पुगेका लमजुङका पत्रकारलाई क्याम्पसको गेटबाट प्रवेश दिइएको छैन् । गेटमा रहेका प्रहरीका एक बरिष्ठ सहिले भने, ‘भित्र छिर्न क्याम्पस प्रमुखलाई खबर गर्नु अनि मात्र प्रवेश दिइनेछ, हामीलाई आदेश छैन् ।’

क्याम्पस प्रमुख नारायण न्यौपानेको  9855060716 मा फोन गर्दा भने, कसैको फोन उठाउँदैनन् । 


 

प्रकाशित मिति: शनिबार, वैशाख १६, २०८०  १२:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update