
पोखरा - गण्डकी सरकारमा पहिलोपटक दुई महिला एकैपटक मन्त्री शपथ लिएका छन् । कांग्रेसबाट सरस्वती अर्याल तिवारी र माओवादीबाट सुशीला सिम्खडाले आजै मन्त्री नियुक्त भएर शपथ समेत लिएका हुन् ।
सिम्खडा र अर्याल तिवारी दुवैजनाले विनाविभागीय मन्त्रीका रुपमा पद तथा गोपनीयताको शपथ लिएका हुन्।
दुई मन्त्रीको नियुक्ती र पद तथा गोपनियताको शपथ अघि गण्डकीका नवनिर्वाचित मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पद तथा गोपनियताको शपथ लिएका थिए । प्रदेश प्रमुखको निवासमा प्रदेश प्रमुख पृथ्वीमान गुरूङले उनलाई शपथ खुवाएका हुन् ।
प्रकाशित मिति: शुक्रबार, वैशाख १५, २०८० १७:००
प्रतिक्रिया दिनुहोस्