TagaroNews
लिङ्देन भन्छन्- माओवादी लडाकुलाई पैसा बाँड्नु राज्य कोषको ब्रह्मलुट

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले विकासमा लगानी घटाउन खोजिरहेको सरकारले लडाकुलाई २र२ लाख रुपैयाँ बाँड्ने निर्णय गर्नु गैरजिम्मेवारीपन भएको बताए। शुक्रबार काठमाडौंमा आयोजित बागमती प्रदेश स्तरीय अगुवा कार्यकर्ता भेला कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकार श्रोतमा हात हाल्न पाउने बित्तिकै ब्रह्मलुट मच्चाउने षड्यन्त्रमा लागेको आरोप लगाएका हुन् । 

उनले भने, ‘राष्ट्रपतिलाई सामान्य बुढ्यौलीमा लाग्ने बिमारलाई डाक्टरहरुले रिफर गरेकै थिएनन्, जहाज चार्टड गरेर विदेश लानुपर्ने, जुन अस्वभाविक खालको वैदेशिक उपचार यात्रा। अहिले फेरि लडाकुलाई राहत। जबकि सरकार आफै भन्छ, विकासमा कुनै बजेट दिन सकिँदैन, पैसा छैन भन्छ, निर्माण व्यवसायीलाई काम गरेको मात्रै ६० अर्ब बढी रुपैयाँ छ।

यस्तो बेला राष्ट्रपतिको महंगो औषधि उपचार यात्रा, लडाकुलाई दिएको पैसा ! उनीहरु कहाँ पुगिसके, कति बितिसके, राज्य श्रोतमा हात हाल्न पाउनेबित्तिकै ब्रह्मलुट मच्चाउने षड्यन्त्रमा छ, यसलाई रोक्न राप्रपा जस्तो दलहरु मजबुत हुनुपर्छ। सारा नकारात्मकता त्यागेर अघि बढ्नुपर्छ।’

प्रकाशित मिति: शुक्रबार, वैशाख १५, २०८०  १६:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update