
काठमाडौं – उपनिर्वाचनबाट निर्वाचित प्रतिनिधिसभा सदस्य रवि लामिछाने र स्वर्णिम वाग्लेले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । आज शुक्रबार बिहान सिंहदरबारमा आयोजित समारोहमा उनीहरूलाई सभामुख देवराज घिमिरेले पद तथा गोपनीयताको शपथ खुवाएका हुन् । सभामुख घिमिरेले शपथ सँगै सांसदको लोगो वितरण गरेका थिए ।
लामिछाने चितवन –२ र स्वर्णिम तनहुँ १ बाट निर्वाचित भएका हुन् । यस्तै बारा –२ मा निर्वाचित जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव भने शपथ समारोहमा सहभागी भएनन ।
प्रकाशित मिति: शुक्रबार, वैशाख १५, २०८० १२:०४
प्रतिक्रिया दिनुहोस्