TagaroNews
दुई प्रकारका आयुर्वेदिक औषधि बिक्रीमा विभागकाे राेक

काठमाण्डाै । औषधि व्यवस्था विभागले २ प्रकारका आयुर्वेदिक औषधि गुणस्तरहीन भएको भन्दै बिक्री वितरण रोक्का गरेर बजारबाट फिर्ता गर्न निर्देशन दिएको छ ।

गोर्खा आयुर्वेद कम्पनीले उत्पादन गरेको अविपत्तिकर चूर्ण एक सय ग्राम र भाष्कर हर्वास्युटिकल्स विरगञ्जले उत्पादन गरेको निर्मल चूर्ण एक सय ग्रामको औषधि गुणस्तरहीन भएको भन्दै बजारबाट फिर्ता ल्याउन विभागले सूचनामार्फत निर्देशन दिएको हो ।

दुवै औषधिमा खराबी देखिएको र स्वास्थ्यमा गम्भीर असर पुग्न सक्ने भएकाले बिक्री नगर्न र फिर्ता लिन निर्देशन दिइएको विभागले जनाएको छ । विभागले यी औषधिको प्रयोग नगर्न/नगराउन पनि सचेत गराएको छ ।

okkhati_EVhFo1PDV01670918094.jpg

प्रकाशित मिति: मंगलबार, मंसिर २७, २०७९  १३:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update