
काठमान्डौँ - नेपाली कांग्रेसका बरिष्ठ नेता शेखर कोइरालाले जनताका कुरा सुन्न देशव्यापी अभियानको सुरूवात गर्ने भएका छन् । आज शुक्रबार विराटनगर महानगरपालिकाबाट यो अभियानको थालनी गरिने कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले बताए ।
कोइरालाले जिल्ला, निर्वाचन क्षेत्र र गाउँहरूमा पुगेर जनताका कुरा सुन्ने, कांग्रेसका नेता तथा कार्यकर्तासँग संवाद गर्ने तयारी गरेको थपलियाले जानकारी दिए ।
कोइरालाले कांग्रेसको १३ औं महाधिवेशनलगत्तै देशव्यापी अभियान सुरू गरेका थिए । त्यसबेला उनी ७७ जिल्लामै पटक–पटक पुगेर जनता र कांग्रेसका नेता तथा कार्यकर्ताहरूसँग संवाद गरेका थिए ।
प्रकाशित मिति: शुक्रबार, वैशाख १५, २०८० ११:५२
प्रतिक्रिया दिनुहोस्