TagaroNews
लमजुङः अपर स्याङ्गे हाइड्रोले स्थानीयबासीका लागी सेयर निष्कासन गर्दै 

लमजुङ – जिल्लाको मर्स्याङ्दी गापा– ४, स्याङ्गेमा २.४ मेगावाट क्षमताको आयोजना निर्माण गरी सञ्चालन गरेको अपर स्याङ्गे हाईड्रो पावर लिमिटेडले सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डको अनुमति पाएको छ । 

कम्पनीको ८ लाख ७० हजार कित्ता सेयर निष्कासनको लागि बोर्डले वैशाख १३ गते (बिहीबार) कम्पनीलाई सेयर निष्कासनको लागि अनुमति प्रदान गरेको हो ।

बोर्डबाट अनुमति पाएसंगै कम्पनीले स्थानियबासी तथा सर्वसाधारणलाई ८ करोड ७० लाख रुपैयाँ बराबरको ८ लाख ७० हजार कित्ता सेयर निष्कासन गर्दैछ । कम्पनीका  अनुसार पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र दोस्रो चरणमा सर्वसाधारणका लागि सेयर निष्कासन गरी बाँडफाँड गरिनेछ ।

कम्पनीले सेयर निष्कासनको गरी बाँडफाँड गर्न सिद्धार्थ क्यापिटललाइ बिक्रि प्रबन्धक तोकेको छ ।
 

प्रकाशित मिति: शुक्रबार, वैशाख १५, २०८०  ११:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update