TagaroNews
रवि र स्वर्णीमले आज सांसद पदको शपथ लिँदै

काठमाडौँ – उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट नवनिर्वाचित सांसद रवि लामिछाने र स्वर्णिम वाग्लेले आज सांसद पदको शपथ लिने भएका छन् । बारा–२ बाट निर्वाचित जसपाका उपेन्द्र यादव भने बारामै रहेकाले आज उनको शपथ ग्रहण नहुने भएको छ ।

लामिछाने र वाग्लेको बिहान साढे ११ बजे सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा शपथ ग्रहण गर्नेछन् । सभामुख देवराज घिमिरेले उनीहरुलाई शपथ खुवाउन लागेका हुन्। प्रतिनिधि सभा बैठकमा भाग लिनु अघि सांसदले शपथ ग्रहण गर्नुपर्ने व्यवस्था छ ।

वैशाख १० गतेको उपनिर्वानमा रास्वपाका सभापति रवि लामिछाने पाँच महिनापछि सोही क्षेत्र (चितवन २)बाट मा भारी मतान्तरले विजयी भएका हुन् । नागरिकता विवादमा सर्वोच्च अदालतको आदेशपछि उनको सासंद पद खारेज भएको थियो । पछि प्रक्रिया पु¥याएर पुनः नागरिकता कायम गरेपछि लामिछाने नै उम्मेदवार बनेका हुन । उनी ५४ हजार १ सय ७६ मतसहित विजयी भएका थिए ।

यस्तै, तनहुँ क्षेत्र नं. १ मा प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा रास्वपाका उम्मेदवार स्वर्णिम वाग्लेले ३४ हजार ९ सय १९ मतसहित निर्वाचित भएका थिए ।

उता बारा २ मा भएको उपनिर्वाचनमा ५ हजार ८१ मतको अन्तर बनाउँदै उपेन्द्र यादव २८ हजार ४१५ मतका साथ विजयी भएका हुन् । 

प्रकाशित मिति: शुक्रबार, वैशाख १५, २०८०  १०:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update