TagaroNews
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका चौधरी नियुक्त  

लुम्बिनी- लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेपाली डिल्लीबहादुर चौधरी नियुक्त भएका छन् । संविधानको धारा १६८ उपधारा २ मा दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत पुर्याउन सक्ने सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्न सक्ने प्रावधान बमोजिम प्रदेश प्रमूख अमिक शेरचनले चौधरीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । 

चैत १२ गते समर्थन गरेका दलहरुले समर्थन फिर्ता लिए संगै अल्पमतमा परेर विस्वासको मत पाउन नसकेपछि बैसाख ११ गते यस अघिका मुख्य मन्त्री लिला गीरी नेतृत्वको सरकार ढलेको थियो ।

हाल मुख्यमन्ंत्री नियुक्त भएका चौधरीले नेपाली कांग्रेसका २७, नेकपा माओवादीका ११, नागरिक उन्मुक्ति पार्टीका  ४, जसपा, लोसपा, जनमत पार्टिका ३/३, राष्ट्रिय जनमोर्चा र एकीकृत समाजवादी पार्टिका १/१, जना गरी ५३ जना प्रदेशसभा सदस्यहरुले समर्थन गरेका थिए । 

मुख्यमन्त्री नियुक्त भएका चौधरीलाई भोली १५ गते सपथ खुवाउने तयारी प्रदेश प्रमूख कार्यालयले गरेको छ । दाङ क्षेत्र नम्बर ३ क बाट गत मंसिरको प्रदेश सभा निर्वाचन जितेका चौधरी यस अघिको लुम्बिनी प्रदेशसभामा पनि मन्त्री बनेका थिए भने २०७० सालमा प्रतिनिधीसभामा निर्वाचित भएर राज्य मन्त्रीको जिम्मेवारी संहालेका थिए । 

प्रकाशित मिति: बिहीबार, वैशाख १४, २०८०  १८:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update