TagaroNews
३३ वटा निर्माण कम्पनीको इजाजत खारेज

काठमान्डौँ – सरकारले ३३ वटा निर्माण कम्पनीको इजाजत खारेज गरिदिएको छ । भौतिक पूर्वधार तथा यातायात मन्त्रालयले नवीकरण नगरेका निर्माण कम्पनीको इजाजत खारेज गरेको हो ।  

अधिकांश ग वर्गका कम्पनीको इजाजत खारेज भएको छ । क र ख वर्गका २ ठूला निर्माण कम्पनीको पनि इजाजत खारेज भएको छ । 

बिहीबारको गोरखापत्रका सूचना प्रकाशित गर्दै मन्त्रालयले सार्वजनिक निर्माण कार्य गर्ने प्रयोजनका लागि इजाजतपत्र लिएर नविकरण नगर्ने ३३ निर्माण व्यवसायी कम्पनीले  इजाजतपत्र स्वतः खारेज गरिएको जानकारी दिएको छ।  

निर्माण व्यवसाय ऐन, २०५५ को उपदफा ३ बमोजिम आर्थिक वर्ष २०७९/२०८० का लागि चैत्र मसान्तसम्म निर्माण व्यवसाय इजाजतपत्र नविकरण नगरेका कारण सोही ऐनको दफा ७ को उपदफा ३ बमोजिम निर्माण व्यवयसाय इजाजतपत्र स्वत खारेज गरिएको मन्त्रालयले जनाएको छ।

इजाजत पत्र खारेज भएको निर्माण व्यवसायी कम्पनीको सूचीः

341705334_218651040875979_4237600811332972724_n1682575076.jpg

प्रकाशित मिति: बिहीबार, वैशाख १४, २०८०  ११:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update