TagaroNews
लिवर्टी इनर्जीले ७५ करोडको हकप्रद सेयर निष्कासन गर्दै 

लमजुङ – दोर्दी खोला करिडोरमा २५ मेगावाटको माथिल्लो दोर्दी–ए जलविद्युत आयोजना सञ्चालन गरेको लिवर्टी इनर्जी कम्पनी लिमिटेडले चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले आफ्नो सेयरधनी सदस्यहरूलाई हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।

कम्पनीले हाल कायम चुक्ता पूँजी १ अर्ब ५० करोड रुपैयाँको ५० प्रतिशत अर्थात ७५ करोड रुपैयाँ रकम बराबरको ७५ लाख कित्ता हकप्रद सेयर निष्कासन  गर्न लागेको  हो । कम्पनीले हकप्रद सेयर निष्कासन गरी बाँडफाँड गर्न विद्युत नियमन आयोगबाट अनुमति पाइसकेको छ ।

कम्पनीका अनुसार आगामी २५ गते हुने कम्पनीको ११, १२ र १३ औं वार्षिक साधारणसभामा प्रस्ताव गर्ने तयारी भइरहेको छ । साधारणसभाले प्रस्ताव पारित गरेपछि सेयर निष्कासन गरी बाँडफाँड गरिने सञ्चालकहरुको भनाई छ । 
 

प्रकाशित मिति: बिहीबार, वैशाख १४, २०८०  १०:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update