TagaroNews
'कोशी प्रदेश चाहिँदैन' भन्दै झापामा ओलीलाई कालो झन्डा

काठमाडौं- नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई झापामा कालो झन्डा देखाइएको छ । झापाको बुद्धशान्ति गाउँपालिकाको बुधबारेमा आज आयोजित कार्यक्रममा सहभागी ओलीलाई प्रदेश नामकरणको विरोधमा उत्रिएकाहरुले कालो झन्डा देखाएका हुन् । कालो झन्डा देखाएर विरोध गर्नेहरुले कोशी प्रदेश चाहिँदैन भन्दै नाराबाजीसमेत गरेका छन् ।

ओलीलाई झापामा सत्ता गठबन्धनकै तर्फबाट कालो झन्डा देखाएर दुर्व्यवहार गरिएको भन्दै एमालेले प्रतिनिधिसभा बैठकमै आपत्ति जनाएको छ । 

यस्तै प्रतिनिधिसभामै गृहमन्त्री नारायणकाजी श्रेष्ठले ओलीमाथि दुर्व्यवहार गर्नेहरुलाई नियन्त्रणमा लागि कारबाही प्रक्रिया अघि बढाइसकेको प्रतिक्रिया दिएका छन् ।

‘प्रहरीले एकजना ढुंगामुढा प्रहारमा संलग्न व्यक्तिलाई अहिले नियन्त्रणमा लिएको छ । दुईजना प्रहरी घाइते भएका छन् ।

‘नेकपा एमालेका अध्यक्ष, संसदीय दलका नेता केपी शर्मा ओलीज्यू आज वैशाख १३ गते झापाको कार्यक्रममा सहभागी हुनुभएको छ । भोलि इलामको जिल्ला परिषद्‌को कार्यक्रममा सहभागी हुँदैछ। १५ गते तेह्रथुममा कार्यक्रम छ । त्यस्तै १६ गते पाँचथरको कार्यक्रमपश्चात १७ गते काठमाडौं फर्कने कार्यक्रम तय भएको छ ।

प्रकाशित मिति: बुधबार, वैशाख १३, २०८०  १८:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update