TagaroNews
नेपाल प्रहरीका १३ डीआईजीको पदस्थापन: कस्को कहाँ ?

काठमाडौँ -  नेपाल प्रहरीका १३ प्रहरी नायब महानिरीक्षक (डीआईजी) हरूको पदस्थापन भएको छ । नेपाल प्रहरीले १३ डीआईजीहरूको बुधबार पदस्थापन गरेको हो । उनीहरू हालै बढुवा भई पदसस्थापन भएका हुन् । 

डीआईजी विष्णुकुमार केसीको प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालय नक्सालमा पदस्थापन गरिएको छ । भरतबहादुर बोहरालाई सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, कैलालीमा पदस्थापन गरिएको छ भने रविन्द्र केसीलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा पदस्थापन गरिएको हो । 

यस्तै राजेशनाथ बास्तोलालाई कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा पदस्थापन गरिएको छ भने, चन्द्रकुवेर खापुङलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पठाइएको छ ।

जनक भट्टराईलाई मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर धनुषा, लालमणि आचार्यलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी, सुरेन्द्रप्रसाद मैनालीलाई अपराध अनुसान्धान निर्देशनालय नक्साल, अर्जुनचन्द ठकुरीलाई साइबर ब्यूरो भोटाहिटी काठमाडौ र यज्ञविनोद पोखरेललाई केन्द्रीय अनुसन्धान ब्यूरो, महाराजगंजमा पदस्थापन गरिएको छ । 

यस्तै विकासराज खनाललाई नेपाल प्रहरी प्रधान कार्यालय, कार्य विभाग निर्देशनालय नक्साल, कुवेर कडायतलाई प्रहरी महानिरीक्षकको सचिवालय र केदार ढकाललाई प्रबन्धन निर्देशनालयमा पदस्थापन गरिएको हो । 

प्रकाशित मिति: बुधबार, वैशाख १३, २०८०  १५:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update