TagaroNews
राष्ट्रिय सभाबाट संसदीय सुनुवाइ समितिमा ३ जना मनोनित

काठमाडौँ - राष्ट्रिय सभाले संसदीय सुनुवाइ समितिमा सदस्यहरुको मनोनयन गरेको छ । राष्ट्रिय सभाको बुधबार बसेको बैठकले संसदीय सुनुवाइ समितिमा ३ जना राष्ट्रियसभा सदस्यहरुलाई मनोनयन गरेको हो । समितिमा राष्ट्रिय सभा सदस्यहरु जगप्रसाद शर्मा, देवेन्द्र दाहाल र रमेशजंग रायमाझी रहेका छन् ।

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसदीय सुनुवाइ समितिमा यी तीन सदस्यहरुलाई मनोनयन गरेको जानकारी बैठकमा गराएका हुन् भने बैठकले सर्वसम्मत रुपमा सहमति जनाएको थियो ।

संसदीय सुनुवाइ समितिमा कांग्रेस र एमालेका ४÷४ सदस्य रहने दलहरूबीच सहमति भइसकेको छ । उक्त समितिमा राष्ट्रिय समितिबाट ३ जना र प्रतिनिधिसभाबाट १२ जना सदस्य चुनिने छन् ।
 

प्रकाशित मिति: बुधबार, वैशाख १३, २०८०  १५:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update