TagaroNews
लमजुङ:  बेसीशहरको मुल बजारमै भेटियो रतुवा मृग
स्थानीयले समातेको मृग ।

लमजुङ -  लमजुङ सदरमुकाम बेसीशहरको मुल बजारमा एकाबिहानै मृग भेटिएको छ । बेसीशहर नपा–८ स्थित नारायणस्थान चोकमा सडकमा भाग्दै गरेको अवस्थामा मृग देखेपछि स्थानीयले मृग समाते । 
कुकुरले लखेट्दै गरेको अवस्थामा मृग देखेपछि मृगलाई कुकुरबाट जोगाउन स्थानीयहरु मिलेर  मृग समातेर प्रहरीलाई खबर गरे । 

प्रहरीको रोहवरमा उत्त मृगलाई डिभिजन वन कार्यालयमा बुझाइएको लमजुङका प्रहरी प्रमुख डिएसपी प्रकाश श्रीमलले जानकारी दिए । उत्त मृग रतुवा मृग रहेको डिभिजन वन कार्यालयका सहायक वन अधिकृत सन्तोष खनालले बताए । उनले भने ‘पोथी जातको रतुवा मृग हो, यो लमजुङका प्राय जंगलमा भेटिन्छ । बेसीशहरबाट नजिकै जंगलहरु रहेकाले बिहानै बजारतिर झरेको हुनसक्छ ।’ उत्त मृगको तौल १६ किलो रहेको र उमेर २ बर्ष जत्तिको देखिएको उनले जनकारी दिए । 

मृगको घाँटी, निधार र खुट्टामा घाउ भएकाले भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमा उपचार गराएर वन कार्यालयको खोरमा राखिएको छ । 

पछिल्लो समय मृगको चोरी शिकारी बढेकाले पनि यो मृग कुनै शिकारीको नजरबाट भागेर बजार छिरेको हुनसक्ने स्थानीयको आशंका छ । यता दैनिक जसो जंगलमा डढेलो लगाउने कारण पनि वन्यजन्तुलाई असर परेको देखिन्छ । 

प्रकाशित मिति: बुधबार, वैशाख १३, २०८०  ११:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update