TagaroNews
प्रशासन सहित १३ सरकारी कार्यालयले १५ दिन विशेष सेवा दिने

लमजुङ - जिल्ला प्रशासन कार्यालयसहित लमजुङका १३ वटा सरकारी कार्यालयबाट ०८० सालभरिका सार्वजनिक बिदामध्ये १५ दिन विशेष सेवा प्रवाह हुने भएको छ ।  वार्षिक पात्रोमा उल्लेख भएका सार्वजनिक बिदामध्ये विभिन्न प्रकृतिका १५ वटा सार्वजनिक विदाको दिन उक्त कार्यालयबाट विशेष सेवा प्रवाह हुने भएको हो ।

जिल्ला प्रशासन कार्यालय लमजुङले एक सूचना प्रकाशित गरी वर्षभरिका विभिन्न सार्वजनिक बिदामध्ये १५ वटा बिदाको दिन विभिन्न प्रकृतिका सेवा प्रवाह गर्ने जनाएको हो । सार्वजनिक बिदाको दिनमा समेत सार्वजनिक सेवा प्रवाहसम्बन्धी विशेष व्यवस्थाअन्तर्गत कार्यालयले प्रावधान बमोजिमका सेवा प्रवाहलाई नियमित गर्ने लमजुङका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले बताए ।

सार्वजनिक बिदाका दिनमा प्रशासनबाट नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्र वा पञ्जिकरणसम्बन्धी सेवा प्रवाह हुनेछ । त्यसैगरी करदाता कार्यालयबाट कर, राजस्वसम्बन्धी, पूर्वाधार विकास कार्यालयबाट यातायात व्यवस्थासम्बन्धी, पर्यटन तथा उद्योग कार्यालयबाट उद्योग वाणिज्य सम्बन्धी सेवा प्रवाह हुने प्रशासनद्वारा जारी सूचनामा उल्लेख छ ।

341617112_907284523721033_1255982378469801496_n1682482889.jpg

त्यसैगरी मालपोत कार्यालयबाट मालपोतसम्बन्धी, नापी कार्यालयबाट नापीसम्बन्धी, जिल्लास्थित सबै स्थानीय तहबाट सवै प्रकारको सार्वजनिक सेवा, पशु सेवा कार्यालय, संघीय खानेपानी, विद्युत प्राधिकरण, बैक तथा वित्तीय संस्था, अस्पताल लगायतका कार्यालयबाट विषयगत सेवा प्रवाह हुने प्रशासनको सूचनामा उल्लेख छ ।

 

प्रकाशित मिति: बुधबार, वैशाख १३, २०८०  ०९:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update