TagaroNews
प्रतिनिधिसभाको बैठक बस्दै 

काठमाडौं- प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ। नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा अपरान्ह ३ बजे बैठक बस्न लागेको हो। आजको बैठकले संसदीय समितिमा रहने सदस्यहरूको टुंगो लगाउने संघीय संसद सचिवालयले जनाएको छ।

यसैगरी, संक्रणकालीन न्यायसम्बन्धी विधेयकलाई अघि बढाउनका लागि संसदीय विशेष समिति गठन गर्ने प्रस्ताव पनि पेस हुने भएको छ। टिआरसी विधेयकमाथि छलफलका लागि विशेष समिति गठनको प्रस्ताव सत्तापक्ष नेपाली काग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेले पेस गर्ने कार्यसूची रहेको छ। उनको प्रस्तावलाई नेकपा एमालेका सांसद रघुजी पन्तले सर्मथन गर्नेछन्। 

प्रकाशित मिति: बुधबार, वैशाख १३, २०८०  ०८:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update