TagaroNews
बारा २ बाट उपेन्द्र यादव विजयी

बारा- बारा २ मा भएको उपनिर्वाचनमा ५ हजार ८१ मतको अन्तर बनाउँदै यादव २८ हजार ४१५ मतका साथ विजयी भएका छन् । यादवका निकटतम प्रतिस्पर्धी जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहाले भने २३ हजार ३३४ मतमै चित्त बुझाउनु पर्‍यो ।

यस क्षेत्रमा ३६ जना उम्मेवदारहरू चुनावी मैदानमा थिए । जसमध्ये एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलले १० हजार २१६ मत ल्याए भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेश खरेलले २ हजार ८२९ मत पाए ।

त्यस्तै आम जनता पार्टीका अरुणकुमार ज्ञवालीले २ हजार ७३८ मत र राष्ट्रिय प्रजातन्त्र पार्टीका सोनालाल प्रसाद सा तेलीले ११९ मत पाएका छन् । नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार कमरुल्लाह अंसारीले १०५ र नेपाल मजदुर किसान पार्टीका मुक्ति प्रसाद यादवले ४७ मत पाएका छन् ।

संघीय समाजवादी पार्टीका नेजारुल अंसारी नेपालको पोल्टामा भने ११ मत र मंगोल नेशनल अर्गनाइजेसनका प्रमोद राम चमारको भागमा ५ मत मात्र पर्‍यो । 

प्रकाशित मिति: बुधबार, वैशाख १३, २०८०  ०६:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update