
काठमाडौं- सरकारले सार्वजनिक खरिद नियमावली, २०६४ मा अर्को संशोधनको गृहकार्य थालेको छ । राष्ट्रिय विकास समस्या समाधान समितिको ५०औं बैठकले नियमावलीको बाह्रौं संशोधनले गरेका व्यवस्थामा संशोधन आवश्यक रहेको ठहर गरेको हो ।
१२ औं संशोधनले एउटा निर्माण व्यवसायीले अधिकतम ५ वटा ठेक्का मात्र लिन पाउने गरी सीमा तोकेको थियो । तर, कतिपय साना कार्यमा बोलपत्र पर्न छाडेको भन्दै सरकारले नियम परिवर्तन गर्न सार्वजनिक खरिद अनुगमन कार्यालयलाई अध्ययनको जिम्मेवारी दिएको छ ।
प्रकाशित मिति: मंगलबार, वैशाख १२, २०८० १९:३३
प्रतिक्रिया दिनुहोस्