TagaroNews
लमजुङबाट ८ जना सांसद 
फाइल तस्बिर

लमजुङ । गण्डकी प्रदेश सभा सदस्यमा लमजुङबाट ३ जना थपिने निश्चित भएको छ । समानुपातिक तर्फ उम्मेदवार रहेका नेपाली काँग्रेसका २ जना र नेकपा एमालेको तर्फबाट एक जना प्रदेश सभा सदस्य बन्ने निश्चित भएको हो ।

जिल्लाबाट नेपाली काँग्रेसबाट समानुपातिक उम्मेदवार रहेका टिका बस्याल र पार्वती तामाङ प्रदेश सभा सदस्य हुने भएका हुन् भने, नेकपा एमालेबाट यशोधा रिमाल प्रदेश सभा सदस्य हुने भएकी छन् । सम्वन्धीत राजनितिक दलहरुले निर्वाचन आयोगलाई पठाएको अन्तिम नामावली अनुसार जिल्लाबाट तीनजना प्रदेश सभा सदस्य थप भएका हुन् । प्रदेश सभा सदस्यमा प्रत्येक राजनितिक दलबाट अनिवार्य ३३ प्रतिशत महिला उम्मेदार हुनुपर्ने प्रावधानका कारण लमजुङबाट समानुपातिकमा रहेका ३ जना महिला उम्मेदवारहरुको प्रवल सम्भावना रहेको थियो । निर्वाचन मत परिणाम अनुसार प्रत्यक्षतर्फ महिला उम्मेदवार निर्वाचित नहुँदा समानुपातिक तर्फ रहेका महिला उम्मेदारहरुका लागि सहज भएको हो । 

नेकपा एमालेबाट गण्डकी प्रदेश सभामा प्रत्यक्ष तर्फ निर्वाचित १२ जना मध्ये दुईजना महिला निर्वाचित भएका थिए । नेकपा एमालेबाट ३३ प्रतिशत महिला पु¥याउनका लागि ६ जना  आवश्यक रहेको थियो । नेकपा एमालेको बन्द सुचि अनुसार लमजुङकी यशोधा रिमाल महिलातर्फ एक नम्वरमा भएकै कारण प्रदेश सभा सदस्यमा निर्विकल्प सिफारिस भएकी हुन् । 

प्रदेश सभामा समानुपातिक तर्फ ३ जना सांसद थपिएसँगै जिल्लामा हाल सांसदहरुको सँख्या ८ पुगेको छ । जिल्लाबाट राष्ट्रिय सभामा एकजना, प्रतिनिधी सभामा दुईजना र प्रदेश सभामा ५ जना सांसद बनेका छन् । राष्ट्रिय सभामा यसअघिनै सांसद बनेकी लमजुङकी दिपा गुरुङको अझै करिव दुईवर्ष कार्यकाल रहेको छ । सो बाहेक जिल्लाबाट प्रतिनिधी सभामा प्रत्यक्ष तर्फ पृथ्वीसुव्वा गुरुङ निर्वाचित भएका छन् भने, समानुपातिक तर्फ उर्मिला माझी पौडेल सांसद बन्ने पक्का भएको छ । त्यस्तै प्रदेश सभा तर्फ लमजुङबाट डा. टकराज गुरुङ र भेषबहादुर पौडेल प्रत्यक्ष निर्वाचित भई सकेका छन् ।

प्रकाशित मिति: सोमबार, मंसिर २६, २०७९  १५:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update