TagaroNews
तनहुँमा ५० प्रतिशत गन्दा स्वर्णिमको फराकिलो अग्रता

तनहुँ – निर्वाचन क्षेत्र नं= १ मा करिब ५० प्रतिशत मतगणना सकिएको छ । अहिलेसम्म ३१ हजार २१९ मत गणना भइसकेको छ । उपनिर्वाचनमा कूल ६३ हजार ७५७ मत खसेको थियो । 

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा= स्वर्णिम वाग्ले १५ हजार ९५८ मत प्राप्त गरी अग्रस्थानमा छन् । उनका प्रतिष्पर्धी नेपाली कांग्रेसका गोविन्द भट्टराई ९ हजार १२० मत प्राप्त गरी दोस्रो स्थानमा छन् ।

यसैगरी नेकपा एमालेका सर्वेन्द्र खनाल ५ हजार १६६ मत प्राप्त  गरी तेस्रो स्थानमा छन् ।

प्रकाशित मिति: सोमबार, वैशाख ११, २०८०  १५:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update