TagaroNews
तनहुँ १ मतगणनाः स्वर्णिमको दोब्बर मतले अग्रता कायमै

तनहुँ – क्षेत्र नं. १ मा २२ हजार ३५८ मत गणना हुँदा रास्वपाका डा. स्वर्णिम वाग्लेले दोब्बर मतले अगाडि छन् । पछिल्लो अपडेट अनुसार वाग्लेले ११ हजार ४२८ मत ल्याएका छन् ।

उनलाई सत्ता गठबन्धनको तर्फबाट कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले ६ हजार ४६५ मत ल्याएर पछ्याइरहेका छन् । दुईजनाबीच ४९६३ भोटको अन्तर छ ।

तेस्रो स्थानमा रहेका एमालेका सर्वेन्द्र खनालको ३ हजार ७४८ मत ल्याएका छन् । अहिलेसम्म भानु नगरपालिका र आँबुखैरिनी गाउँपलिकाका १६ वडाको मतगणना सकिएको छ ।
 

प्रकाशित मिति: सोमबार, वैशाख ११, २०८०  १२:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update