
चितवन – चितवन क्षेत्र नंं.–२ को मतगणना आज दिउँसो १ बजेबाट सुरू हुने भएको छ । सर्वदलीय र सर्वपक्षीय बैठकले यस्तो निर्णय गरेको हो ।
हिजो आइतबार भएको मतदानमा चितवन–२ मा ७८ हजार २७७ मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
चितवन–२ मा रास्वपाका रवि लामिछाने, नेपाली कांग्रेसका जितनारायण श्रेष्ठ, एमालेका रामप्रसाद न्यौपाने लगायतका उम्मेदवारबीच कडा प्रतिस्पर्धामा छन् ।
प्रकाशित मिति: सोमबार, वैशाख ११, २०८० १२:३०
प्रतिक्रिया दिनुहोस्