TagaroNews
लमजुङकी प्रतिमालाई  मानव अधिकार पुरस्कार 
प्रधानमन्त्री शेरबहादुर देउवाबाट पुरस्कार ग्रहण गर्दै गुरुङ । तस्बिर:तगारोन्युज

लमजुङ । सामाजिक क्षेत्रमा क्रियाशिल लमजुङकी प्रतिमा गुरुङ मानव अधिकार सम्बन्धी एकैसाथ दुईवटा पुरस्कारबाट सम्मानित भएकी छन् । लमजुङको राईनास नगरपालिका स्थायी घर भई नेपाल सहित विभिन्न देशहरुमा सामाजिक क्षेत्रमा काम गर्दै आएकी गुरुङ मानव अधिकार बर्ष पुरस्कार २०७९ र मानव अधिकार नायक पुरस्कार २०२२ बाट सम्मानित भएकी हुन् ।

राष्ट्रिय मानव अधिकार आयोगले प्रत्येक वर्ष वितरण गर्दै आएको नगद ५० हजार सहितको मानव अधिकार बर्ष पुरस्कारबाट यसवर्ष गुरुङलाई सम्मान गरेको हो । त्यसैगरी स्वतन्त्रता स्टुडियोले प्रदान गर्दै आएको यसवर्षको मानव अधिकार नायक पुरस्कार २०२२ अर्थात ह््युमान राईट हिरो २०२२ बाट पनि गुरुङ सम्मानित भएकी हुन् । मानव अधिकार दिवसको अवसरमा १० डिसेम्वर अर्थात शनिवार आयोजित विशेष कार्यक्रममा पुरस्कार सहित गुरुङलाई सम्मानित गरिएको थियो । 
महिला, आदिवासी जनजाति, दलित, अपाङ्गता भएका व्यक्ति र अन्य सीमान्तकृत समूहको अधिकारको संरक्षण र प्रवद्र्धनका लागि गुरुङले पु¥याएको योगदानको कदर गर्दै दुवै सँस्थाले पुरस्कार सहित सम्मान गरेका हुन् । अपांगता भएको समुदायको प्रतिनिधित्व गर्ने गुरुङ विगत लामो समयदेखि सोहि समुदायका विचमा विभिन्न कार्यक्रमहरु सहित सामाजिक क्षेत्रमा क्रियाशिल छिन् ।

राष्ट्रिय आदिबासी जनजाती अपांग महिला संगठन नेपालको अध्यक्ष रहेकी गुरुङले सँस्थागत रुपमा नेपालमा मात्रै नभएर अन्तराष्ट्रिय क्षेत्रमा समेत विभिन्न पक्षमा वकालत गर्दै आएकी छन् ।
 

प्रकाशित मिति: सोमबार, मंसिर २६, २०७९  १५:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update