TagaroNews
तनहुँ १ मतगणनाः रास्वपाका वाग्लेले कटाए १० हजार मत

तनहुँ – क्षेत्र नं १ को उपनिर्वाचनको १८ हजार ६६१ मतगणना भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्लेको सुरुवातदेखिनै निरन्तर अग्रता लिएका छन् । 

पछिल्लो मतपरिणाम अनुसार वाग्लेले निरन्तर अग्रता बढाउँदै लगेका छन् । अहिलेसम्म गणना भएका प्रत्येक वडामा वाग्लेलाई लगभग दोब्बर मत परेको छ । 

पछिल्लो गणना मत अनुसार स्वर्णिमले १० हजार २५९मत प्राप्त गर्दा काँग्रेसका गोविन्द भट्टराईले ५ हजार ३ मत पाएका छन्। एमालेका सर्वेन्द्र खनालले २ हजार ७९७ मत ल्याएका छन् । भट्टराईले आफ्नै क्षेत्रमा कम मत पाएका छन् । १३ वडाको मतगणना सकिएको छ ।
 

प्रकाशित मिति: सोमबार, वैशाख ११, २०८०  ११:००
प्रतिक्रिया दिनुहोस्
Weather Update