TagaroNews
चितवन–२ मा मतगणनाका लागि सर्वपक्षीय बैठक सुरु

चितवन – चितवन निर्वाचन क्षेत्र नं. २ मा मतगणनाका लागि सर्वपक्षीय बैठक सुरु भएको छ । बिहान ८ बजेका लागि सर्वपक्षीय बैठक आह्वान गरिएको भए पनि झण्डै दुई घण्टा ढिला गरि सुरु भएको हो ।

सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यका अनुसार सर्वदलीय बैठकमा सहमति जुटाएर मतगणना सुरु गरिनेछ ।

यसअघि आइतबार बस्ने भनिएको सर्वदलीय बैठक विवादका कारण बस्न सकेको थिएन । चितवन २ मा कांग्रेसले रास्वपाका उम्मेदवारमाथि परेको उजुरीबारे निर्वाचन आयोगले निर्णय गरेपछि मात्रै मतगणना सुरु हुन सक्ने अडान लिँदै आएको छ ।

प्रकाशित मिति: सोमबार, वैशाख ११, २०८०  ०९:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update