TagaroNews
बारामा सर्वदलीय बैठक सकियो, केहिबेरमै मतगणना सुरु

काठमान्डौँ– बारा क्षेत्र नम्बर २ को उपनिर्वाचनको मतगणना केहीबेरमा सुरु हुने छ । सर्बदलीय बैठक सकिएको छ र बैठकले केहिबेरमै मतगणना सुरु गर्ने निर्णय गरेको छ । 

बारा २ को मत गणना शैक्षिक तालिम केन्द्रमा हुनेछ । गणनास्थलमा आवश्यक सुरक्षा व्यवस्था कडा पारिएको छ । 

बारा क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनको तर्फबाट जसपा अध्यक्ष उपेन्द्र यादव, नेकपा एमालेका पुरुषोत्तम पौडेल, जनमत पार्टीका शिवचन्द्र कुशवाहा, रास्वपाका रमेश खरेल उम्मेदवार छन् ।
 

प्रकाशित मिति: सोमबार, वैशाख ११, २०८०  ०९:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update