
काठमाडौं- तीनवटा क्षेत्रमा भएको उपनिर्वाचनको मतगणना आजै थालिने भएको छ । आइतबार बारा–२, चितवन–२ र तनहुँ–१ मा उपनिर्वाचन भएको थियो ।
मतदान सकिएसँगै आजैबाट मतगणना सुरु हुने निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए । आयोगले निर्वाचनको परिणाम सार्वजनिक गर्नमा पनि ढिलाइ नगर्ने उनको भनाइ छ ।
प्रकाशित मिति: आइतबार, वैशाख १०, २०८० १७:२५
प्रतिक्रिया दिनुहोस्