TagaroNews
एसिसी प्रिमियर कप:  युएईले सिंगापुरलाई ४ सय ७२ रनको विशाल लक्ष्य

काठमाडौं – कप्तान मोहम्मद वासिम र वृत्य अरविन्दको विष्फोटक शतकमा युएईले एसिसी प्रिमियर कपमा सिंगापुरलाई ४ सय ७२ रनको विशाला लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको युएई निर्धारित ५० ओभरमा ४ सय ७१ रनमा अल आउट भयो ।

युएईका युवा खेलाडी वृत्य अरविन्दले १ सय ३३ बलमा १७ चौका र ७ छक्कासहित १ सय ७४ रनको सानदार शतकीय इनिङ खेले । उनी रमेश कलिमुथुको ४८ औं ओभरको तेस्रो बलमा डिप कभरमा अब्दुल रहमानबाट क्याच आउट भएपछि दोहोरो शतक पूरा गर्नेक्रममा अवसर गुमाएका थिए ।

यसअघिको खेलमा वृत्यले टियु मैदानमा कुवेतविरुद्ध १ सय ४७ बलमा १७ चौका र ९ छक्कासहित १ सय ८५ रनको इनिङ खेलेका थिए । कप्तान मोहम्मद वासिम ८२ बलमा ९ चौका र १६ छक्कासहित १ सय ६० रनमा आउट भए ।

उनी आदित्य भर्गवको २८ औं ओभरमा पाँचौं बलमा थर्डम्यानमा मनप्रीत सिंहबाट क्याच आउट भएपछि दोहोरो शतकको अवसर गुमाएका थिए । वासिमले ३४ बलमा अर्धशतक पूरा गरेका थिए । ६२ बलमा शतक पूरा गरेका थिए । ७८ बलमा १ सय ५० रन पूरा गरेका थिए । त्यस्तै वृत्यले ५२ बलमा अर्धशतक, ९६ बलमा शतक र १ सय २६ बलमा १ सय ५० रन पूरा गरेका थिए ।

दोस्रो विकेटका लागि वृत्य अरविन्द र मोहम्मद वासिमले दोस्रो विकेटका लागि २ सय ४६ रनको साझेदारी गरेका थिए । युवा ओपनर आर्यन लाक्रा ७ बलमा २ चौकासहित १२ रनमा आउट भए । रमिज शाहजाद शून्यमा आउट भए । आसिफ खान ११ र रोहन मुस्तफा ३ रनमा आउट भए ।

छैटौं विकेटका लागि आयन खान र वृत्य अरविन्दले १ सय ५१ रनको साझेदारी गरेका थिए । आयन खान ५० बलमा ९ चौका र ३ छक्कासहित ७४ रनमा आउट भए । अन्तिम १६ बलमा १७ रन जोड्दा पाँच विकेट गुमाएपछि युएईले ५ सय रन बनाउने अवसर गुमाएको थियो । सिंगापुरका आदित्य भर्गवले ८ ओभरमा ८५ रन खर्चेर ४ विकेट लिए ।

विनोथ भास्करनले १० ओभरमा ६१ रन खर्चेर २ विकेट लिए । मनप्रीत सिंहले ८ ओभरमा ५६ रन खर्चेर १ विकेट लिए । थिलिपनले ९ ओभरमा ९९ रन खर्चिए । रमेशले कलिमुथुले ८ ओभरमा ७३ रन खर्चेर ३ विकेट लिए ।

प्रकाशित मिति: आइतबार, वैशाख १०, २०८०  १२:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update