TagaroNews
बारामा जसपाका नेतासँग भेटियो दुई वटा मतपत्र, मतदानस्थल तनावग्रस्त

बारा- उपचुनावमा मतदान जारी रहेको बेला एक जनासँग दुई वटा मतपत्र फेला परेपछि मतदानस्थल तनावग्रस्त बनेको छ। बाराको देवताल गाउँपालिका वडा ७ स्थित वडा कार्यालय पिपरवती जब्दीमा रहेको मतदान केन्द्रमा एक जनासँग दुई वटा मत्रपत्र फेला परेको हो।

मतदानस्थलमा दुई वटा मतपत्र बोकेको व्यक्ति जनता समाजवादी पार्टीका रामसागर यादव भएको प्रहरीले जनाएको छ । जिल्ला समन्वय समितिका सदस्यसमेत रहेका यादव अहिले प्रहरीको नियन्त्रणमा छन्। यादवसँग दुई वटा मतपत्र फेला परेसँगै यो मतदान केन्द्र अहिले तनावग्रस्त बनेको छ।
 

प्रकाशित मिति: आइतबार, वैशाख १०, २०८०  १०:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update