TagaroNews
पाल्पामा बस दुर्घटना: एक महिलाको मृत्यु, १८ जना घाइते

पाल्पा- पाल्पामा आइतबार बिहान बस दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ। घाइते १८ जनाको उद्धार गरिएको छ।

घाइतेहरूको अवस्था गम्भीर रहेको उनले बताए। जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताए।

बस भीरमा अड्किएको अवस्थामा छ। अन्य यात्रुको उद्धार भइरहेको छ। यात्रु कति थिए भन्ने यकिन भइनसकेको उनले बताए।

बुटवलबाट पाल्पातर्फ आउँदै गरेको लु१ख ५९५६ नम्बरको बस सिद्धार्थ राजमार्गअन्तर्गत जोरधारा नजिकै दुर्घटना भएको हो ।

प्रकाशित मिति: आइतबार, वैशाख १०, २०८०  १०:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update