TagaroNews
राष्ट्रपति पौडेलेको स्वास्थ्यमा सुधार

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य थप सुधार भएको छ। भारतको नयाँदिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थानमा उपचाररत राष्ट्रपति पौडेलेको स्वास्थ्यमा सुधार हुदैँ आएको हो ।

पौडेलको उपचारमा संलग्न सम्बन्धित चिकित्सकले यससम्बन्धी जानकारी दिएको नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ। मुटुमा जमेको पानीमा संक्रमण फैलिए पछि राष्ट्रपति पौडेललाई एअर एम्बुलेन्समार्फत भारत लगिएको थियो । उनी बुधवार देखी त्यहाँ उपचाररत रहेका छन ।

स्वास्थ्यमा सुधार आए पनि उपचार पछि कहिले स्वदेश फर्कने हो रु त्यो भने अझै टुंगो नलागेको दुतावास स्रोतले अनभिज्ञता प्रकट गरेको छ ।

प्रकाशित मिति: आइतबार, वैशाख १०, २०८०  ०८:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update