TagaroNews
बजाज सोरुम र ग्लोबल साकोसद्धारा पाङ्ग्रेक्युका विद्यार्थीलाई झोला र शैक्षिक सामाग्री
झोला र शैक्षिक सामाग्री विद्यार्थीहरुलाई वितरण पश्चात ।

लमजुङ– बेसीशहर नपा–१० पाङ्ग्रेक्युको भविष्य निर्माण प्राविका विद्यार्थीहरुलाई झोला (स्कुल ब्याग) र शैक्षिक सामाग्री वितरण गरिएको छ ।

सदरमुकाम बेसीशहर स्थित बजाज मोटरसाइकलको आधिकारिक विक्रेता स्मार्ट अटो ट्रेड बजाज सोरुम र ग्लोबल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको साझेदारीमा ३० हजार रुपैँया बराबरको झोला र शैक्षिक सामाग्री विद्यार्थीहरुलाई वितरण गरिएको हो । 

बजाज सोरुमका प्रोपाइटर विनोद श्रेष्ठ, सहकारीका उपाध्यक्ष सुदिप कुमार श्रेष्ठ, प्रबन्धक हरि थापा, निवर्तमान अध्यक्ष विसोर श्रेष्ठले विद्यालयका विद्यार्थीहरुलाई सो सामाग्री हस्तान्तरण गरेको विद्यालयका प्रअ गम बहादुर गुरुङले बताए । ग्लोबल सहकारीले आफनो शिक्षा कोष अन्तर्गतको रकमबाट सो सहयोग गरेको जनाएको छ ।

ग्रामिण भेगका वालवालिकाको शैक्षिक अवस्थालाई मध्यनजर गर्दै सहयोग गरेकोप्रति विद्यालयका अध्यक्ष पदम बहादुर गुरुङले धन्यवाद व्यक्त गरे । विद्यालयमा अध्ययनरत १८ जना विद्यार्थीहरुलाई शनिबार सो सामाग्री प्रदान गरिएको हो ।

प्रकाशित मिति: शनिबार, वैशाख ९, २०८०  २१:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update