TagaroNews
रवि लामिछानेका चालकको अवस्था अझै चिन्ताजनक
मेडिसिटी अस्पताल।

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका सवारी चालक दिलबहादुर थापाको स्वास्थ्य अवस्था चिन्ताजनक छ। मेडिसिटी अस्पतालका अनुसार उनको अवस्था ‘क्रिटिकल’ छ। उनको मुटुको चाल र रक्तचाप चिकित्सकीय उपकरणका सहायताले मेन्टेन गरिएको बताइएको छ।

गत वैशाख ४ बिहान चितवनस्थित रवि लामिछानेको घरको छतबाट खसेको अवस्थामा फेला परेका थिए। राति सुत्नका लागि छतमा गएका उनी बिहान घाइते अवस्थामा फेला परेपछि उपचारको लागि चितवनको पुरानो मेडिकल कलेज पुर्‍याइएको थियो।

चितवनबाट उनलाई वैशाख ५ गते नेपाली सेनाको हेलिकप्टरबाट ललितपुरको मेडिसिटी अस्पताल ल्याइएको थियो।

प्रकाशित मिति: शनिबार, वैशाख ९, २०८०  १५:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update