TagaroNews
चारवटा टिपर एकैपटक दुर्घटना

काठमाडौं- काठमाडौंको साँखु–लप्सीफेदी सडकखण्डमा ४ वटा टिपर एकैपटक दुर्घटनामा परेका छन् । शनिबार बिहान यो सडक खण्डको साखु–लप्सीफेदी जंगलमा ४ वटा टिपर एकैपटक दुर्घटनामा परेका हुन् ।

सिन्धुपाल्चोकको इन्द्रावतीबाट बालुवा बोकेर आएका ४ वटा टिपर आपसमा ठोक्किएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार तीव्र गतिमा रहेका कारण टिपर दुर्घटनामा भएको हो । दुर्घटनामा परी एक टिपर चालक घाइते भएका छन् । 

प्रकाशित मिति: शनिबार, वैशाख ९, २०८०  १३:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update