TagaroNews
कास्कीमा भालुको आक्रमणबाट वृद्ध गम्भीर घाइते

पोखरा- कास्कीमा भालुको आक्रमणमा परी एक वृद्ध गम्भीर घाइते भएका छन् । घाइते हुनेमा माछापुच्छ्रे गाउँपालिका वडा नं. ९ का ६१ वर्षीय गुञ्जबहादुर थापामगर रहेको छ । 

बिहान करिब ८ बजे खाना खाएर सोही वडाको जंगलमा घाँसदाउरा गर्न जानेबेला भालुले आक्रमण गरेको हो । घाइते थापालाई उपचारका लागि पोखरा फिस्टेल अस्पतालमा भर्ना गरिएको छ । उनको अनुहार, गुप्तांगतिर आक्रमण गरेको चोट देखिएको वडाध्यक्ष राजेन्द्र क्षेत्रीले जानकारी दिए । 

प्रकाशित मिति: शनिबार, वैशाख ९, २०८०  १३:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update